नाटक ‘द डिपाचर’ काे मञ्चन सुरु

काठमाडौ । रंगकर्मी नरेन भट्टराईले लेखेको नाटक ‘द डिपाचर’ यहि माघ २७ गतेदेखि मञ्चन सुरु भएको छ ।
कालिकास्थान स्थित सर्वनाम थिएटरमा प्रेम र समर्पणमा रूमलिएको परिवार र प्रेमिल जोडी बिचको मनस्थिती र परिस्थितिको एउटा कथा समेटेर नाटक तयार पारिएको छ ।
बिदेशमा नेपालीले गरेका दुस्ख,त्याग र समर्पणलाई समेत नाटकमा प्रस्तुत गरेको रंगकर्मी नरेन भट्टराईले बताए । म नाटकमा धेरै वर्षदेखी काम गर्दै आएको छु । शुरुमा मैले प्रेमी प्रेमिकाको संवाद तयार पारेको थिए । वर्तमान परिस्थितीलाई समेटेर नाटक बनाएको छु । मलाई पूर्ण विश्वास छ यो नाटक सम्पूर्ण दर्शकबिन्दहरुले मन पराउनुहुनेछ । उनले भने ।
नाटकमा परिस्थितिले परिवार र प्रेमीको माया छाडेर बिदेशीनु पर्नेको कथालाई समेटिएको छ । कृष्ण खड्काको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा फर्कनेहरूको आसमा बसेका पर्खनेहरूको पीडालाई उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ ।
नाटकका निर्देशक कृष्ण खड्काले भने,परिवार,प्रेम र देश तीन फूल उनेर The Departure नामको माला उनेको छौ, यो हाम्रो समयको,हाम्रो समाजको, हाम्रो राष्ट्रको कथा हो भने हामिले नै भन्नुपर्छ भन्ने लागेर हामी कथा लिएर उपस्थित छौ, हेरेपछि तपाईहरुको प्रतिकृया सुन्न उत्साहित छु/छौ ।
‘द डिपाचर’ मा नरेन भट्टराई , शोभा कार्की , मुकेश हमाल, धिरज थापामगर , स्वस्थानी राउत, सुरज पराजुली , विध्यक तिलकको अभिनय रहेको छ । लाइभ म्युजिकमा बिमल लामिछाने,सागर भुसाल,लक्ष्मी पौडेल र रोशन फुयाँल रहेका छन । माघ २७ गतेदेखि मञ्चन भएको नाटक फागुन ५ गते सम्म हरेक दिन साँझ ५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।
















बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर
सन नेपाल लाइफको सहकार्यमा छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुँदै
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया