‘भ्रष्टाचार गर्दिन, अरुले गरे सहन्न’

गण्डकी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आयोगको पोखरा कार्यालयद्वारा आज यहाँ आयोजित समारोहका वक्ताले भ्रष्टाचार नियन्त्रणका लागि ‘म भ्रष्टाचार गर्दिन, अरुले गरे सहन्न’ भन्ने भनाइको मर्म र भावनालाई सबैले आत्मसात् गर्नुपर्ने बताएका छन् ।
समाजमा भ्रष्टाचार व्याप्त भएका कारण सरकारका प्रतिनिधि र कर्मचारीप्रति नागरिकमा नकारात्मक धारणा सिर्जना भएको भन्दै उनीहरुले अख्तियारको दुरुपयोग रोक्न पहिले सोच, संस्कार र व्यवहार बदल्नुपर्ने बताएका हुन् ।
गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले सदाचार प्रवद्र्धनमा सबैको योगदान आवश्यक भएको बताए ।
“कर्मचारीले दिने सेवा र नागरिकप्रति देखाउने व्यवहारमा सरकारको प्रतिनिधित्व र उपस्थिति झल्केको हुन्छ”, उनले भने, “सरकारी कार्यालयबाट समयमै सेवा प्रवाह गर्न आवश्यक छ ।” उनले आफू पनि भ्रष्टाचार गर्दिन र अरुले गरे पनि सहन्न भन्ने सोचबाट अगाडि बढेमा सुशासन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने धारणा व्यक्त गरे ।
आयोगमा परेका उजुरीको समयमै छानबिन गरी दोषीमाथि कारबाही गरेमा आयोगप्रतिको जनविश्वास अझ बढेर जाने प्रमुख सचिव बस्नेतले बताए ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि हरेक कर्मचारीको सोचमा परिवर्तन हुनुपर्ने बताए । सुशासन प्रवद्र्धनका लागि अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । “हामी सबैले भ्रष्टाचार नगर्ने भनेर प्रतिबद्धता गरौँ”, उनले भने, “नागरिकलाई छिटोछरितो र पारदर्शीरुपमा सेवा प्रवाह गर्न सकियो भने हामीप्रतिको दृष्टिकोण सकारात्मक बन्छ ।”
आयोगको पोखरा कार्यालयका प्रमुख अस्मान गुरुङले प्रशासनिक र राजनीतिक क्षेत्रमा बढी भ्रष्टाचार हुने गरेको बताए । “आयोगलाई राज्यका निकायदेखि नागरिक समुदायसम्मको साथ र सहयोगको खाँचो छ, सुशासनक कायम गर्न हामी तयार छौँ”, उनले भने ।
त्यस अवसरमा आयोग कार्यालयले आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ विषयक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता विजेतालाई पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा प्रथम हुने प्रकाश मावि, म्याग्दीकी रिया श्रेष्ठले रु १५ हजार, शीतलादेवी सामुदायिक विद्यालय, पोखराका अर्मान गिरीले द्वितीय स्थान हासिल गरी रु १२ हजार र तृतीय भएका नेपाल पुलिस स्कूल तनहुँका वर्षा आचार्यले रु १० हजार पुरस्कार प्राप्त गरेको कार्यालयका सूचना अधिकारी जगदिशचन्द्र शिवाकोटीले जानकारी दिए ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया