जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
मेरोन्यूज
२०८० माघ २९ गते १६:३८

काठमाडौं । शंखरापुर नगरपालिका-७ साँखुस्थित सोही नगरपालिका-१ नाङलेभारे घर भएका ३७ वर्षीय प्रकाश लामिछानेको बज्रयोगिनी वर्क शप एण्ड रि कन्डिसनमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका- ८ कंचन बस्तीस्थित रिङ कारखानामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७५ वर्षीय केपी गुरङ समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ८ सय ३० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

















महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
आज मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया