प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ

काठमाडौं । प्रहरी हुँ भन्दै ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन्।
पक्राउ पर्नेमा बैतडी पुर्चौडी नगरपालिका-६ घर भई चन्द्रागिरि नगरपालिका-१४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिला कुमारी साउँदलाई छिन्। उनलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।
साउदले आफूलाई नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक हुँ भन्दै दैलेख नारायण नगरपालिका-११ बस्ने २६ वर्षीया महिलालाई राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर लगाइदिने प्रलोभनमा पारेर नगद १ लाख ५० हजार रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। साथै उनको साथबाट नेपाल प्रहरीको पोशाक १ जोर, प्रहरी सहायक निरीक्षकको दर्ज्यानी चिन्ह १ थान, नेमप्लेट १ थान, बुट १ जोर, बेल्ट १ थान र मोबाइल १ थान समेत बरामद भएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।













विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
पुस २५ गते शुक्रवारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया