बिहीबार, माघ १५, २०८२

एमाले दैलेखको अध्यक्षमा शाही निर्विरोध निर्वाचित

मेरोन्यूज २०८० फागुन १ गते २०:१२

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दैलेख जिल्ला अध्यक्षमा सूर्यबहादुर शाही निर्विरोध चयन भएका छन् ।

एमालेको आठौँ जिल्ला अधिवेशनले उनको नेतृत्वमा पाँच पदाधिकारीसहित ९१ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा प्रेमबहादुर बुढा,सचिवमा हिमालयजङ्ग शाह ,उपसचिवमा मीनबहादुर बुढा क्षेत्री र महिला उपाध्यक्षमा तारा सोनी निर्विरोध निर्वाचित भएको नेकपा एमालेका जिल्ला समिति सदस्य यामनारायण उपाध्यायले बताए । शाही अघिल्लो पटक अध्यक्षमा रवीन्द्रराज शर्मासँग पराजित भएका थिए ।

प्रतिक्रिया