कञ्चनपुरमा स्यालले घरपालुवा जनावरलाई टोक्न थालेपछि स्थानीय त्रसित

कञ्चनपुर । बहुलाएको स्यालले घरपालुवा जनावरलाई टोक्न थालेपछि शुक्लाफाँटा नगरपालिका–७ का बासिन्दा त्रसित भएका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने कालापानी, जुडालगायत क्षेत्रका नौ कुकुर र चार बाख्रालाई दुई दिनको अवधिमै बहुलाएको स्यालले टोकेको हो । स्यालले बाख्रा र कुकुरलाई टोक्न थालेपछि रेविजको सङ्क्रमण फैलिने खतरा बढेको वडाध्यक्ष प्रतापसिंह धामीले बताए ।
“आज दिउँसो बहुलाएको स्याललाई जिउँदै समातेर निकुञ्जसमक्ष बुझाएका छौँ”, उनले भने, “स्यालले टोकेका जनावरबारे वडा क्षेत्रमा जानकारी लिने कार्य भइरहेको छ ।” यसबारे नगरपालिकाको पशुपन्छी विकास शाखामा जानकारी दिइएको उनले बताए ।
नगरपालिकाको पशुपन्छी शाखाका प्रमुख रामप्रसाद भट्टले निकुञ्जको मध्यवर्ती क्षेत्र रेबिजको उच्च जोखिममा रहेको बताए ।
स्यालले टोकेका र अन्य जोखिमा रहेका घरपालुवा बाख्रा, कुकुरलगायत रेबिजविरुद्धको सुई दिनका लागि पशु प्राविधिकको टोलीलाई खटाइएको उनले जानकारी दिए । केही दिनभित्रै सामुदायिक कुकुरलाई बन्ध्याकरण गर्ने कार्यक्रम सुरु हुन लागेको उनले उल्लेख गरे ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया