पाल्पा जिप दुर्घटना : ज्यान गुमाउनेको संख्या १० पुग्यो
मेरोन्यूज
२०८० फागुन २ गते ६:५९

काठमाडौं । पाल्पा जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुगेको छ । मंगलबार अपराह्न डुम्रेबाट शिखरडाँडा जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै आठ जनाको मृत्यु भएको थियो ।
साथै लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा अन्य दुई जनाको निधन भएसँगै मृतकको संख्या १० पुगेको हो ।
घटनास्थलमा ज्यान गुमाएकामध्ये ६ जना र अस्पतालमा ज्यान गुमाएका दुई गरी आठ जनाको पहिचान भएको छ ।
उपचारका क्रममा २० वर्षीया गीता सुनार र ६६ वर्षीया विष्णुकला कामीको निधन भएको हो । प्रहरीका अनुसार दुर्घटनास्थलमा ६० वर्षीया यमकुमारी पन्त, ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, चन्द्र रणपाल र उनकी श्रीमती चुना रणपालको पहिचान खुलेको हो ।
सम्बन्धित












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
आज रास्वपाको वृहत्तर एकता घोषणा सभा गर्दै
प्रतिक्रिया