बिहीबार, वैशाख २४, २०८३

सरस्वती पूजा : बालबालिकालाई अक्षरारम्भ गराइँदै

मेरोन्यूज २०८० फागुन २ गते १०:११

काठमाडाैँ । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। 

Advertisement
NiccNicc

काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत मन्दिरहरूमा बिहानैदेखि सरस्वती पूजा गर्नेको भीड लागेकाे छ।

आजकै दिन बालबालिकाहरूलाई अक्षरारम्भ गराउने प्रचलन रहिआएको छ। त्यसैले अभिभावकहरू आफ्ना बालबालिकालाई विद्यालय तथा मन्दिरमा लगेर बालबालिकालाई अक्षरारम्भ गराइरहेका छन् ।

आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ।  साथै यस दिन  बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ।


प्रतिक्रिया