प्रेम दिवसमा सौराहामा बढेन रौनक

चितवन । बुधबार दिउँसोसम्म सौराहाको मुख्य बजारस्थलमा रहेको जंगल सफारी लजमा पाँचवटा कोठा मात्र बुकिङ भएका छन् । होटलका सञ्चालक सुमन घिमिरेका अनुसार ३२ वटा कोठा रहेको सो होटलमा साँझसम्म केही पर्यटक थपिए पनि आशालाग्दो अवस्था भने छैन ।
विगतका वर्षमा जस्तो प्रणय दिवस मनाउन पर्यटकीय नगरी सौराहा आउने पर्यटक अहिले छैनन् । क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष घिमिरेले भने, “प्रणय दिवसमा पनि आशालाग्दो अवस्था देखिएन । यहाँ जारी खाना महोत्सवमा दिउँसो चहलपहल भए पनि बास बस्ने पर्यटक कम छन् ।”
नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द भई काम भइरहेको छ । मुग्लिनदेखि काठमाडौंसम्म काम भइरहेकाले अस्तव्यस्त नै छ । त्यस्तै, मुग्लिन पोखरा र नारायणगढ–बुटवल सडकको अवस्था पनि उस्तै छ । सडकको अवस्था र आर्थिक मन्दिका कारण पर्यटक नआएको घिमिरेको भनाइ छ ।

घिमिरेले आज बिहान मात्र करिब १० वटा होटलमा बुझ्दा अवस्था राम्रो नपाएको बताए । क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष दीपक भट्टराई सौराहामा गरिएको मेला महोत्सवको प्रभाव होटलहरूमा पर्न नसकेको बताउँछन् । प्रणय दिवसमा निकै कम पर्यटक सौराहा आएको उनको भनाइ छ ।
आज मध्याह्नसम्म ३० प्रतिशत हाराहारी मात्र होटलमा पर्यटक आएको भन्दै उनले दश प्रतिशत थप हुने अपेक्षा गरिएको बताए ।
उनले भने, “गत वर्षमा प्रणय दिवसमा लगभग होटल भरिन्थे । यो वर्ष रौनक नै छैन ।”
सौराहामा अहिले भइरहेको खाना महोत्सव, केही दिन अघि सकिएको फिल्म महोत्सव र हात्ती महोत्सवको प्रभाव होटलको मा नपरेको उनी बताउँछन् । उनले थपे, “मेला महोत्सव खासै सफल हुन सकेनन् ।”
मेला महोत्सवको आवश्यक मात्रामा प्रचारप्रसार हुन नसक्दा सोचे जस्तो उपयोगी नभएको उनको ठम्याइ छ ।
क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलिया मध्यान्हसम्म खासै पर्यटक आइनसकेको बताउँदै साँझसम्ममा आउने अपेक्षा गर्छन् । उनले भने, “गत वर्षमा यतिबेलासम्म कोठा सकेर अरू होटलमा खोज्न थाल्थे । अहिले त्यस्तो अवस्था छैन ।”
यद्यपि, आफूहरू आशावादी रहेको उनले बताए ।
सडकको अवस्था राम्रो नभएको र आर्थिक मन्दिनै पर्यटक नआउनुको कारण भएको उनले बताए ।
सौराहामा पाँच हजार पाँच सयजना पर्यटकलाई एकैपटक राख्न सक्ने क्षमता छ । यहाँ एक सय २० वटा होटल र करिब एक सय वटा रेस्टुराँ सञ्चालनमा छन् ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
आज शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभाव: हल्का वर्षा र हिमपातको सम्भावना
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
९५५ केजी गाँजासहित दुई जना पक्राउ
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
प्रतिक्रिया