मंगलबार, वैशाख २२, २०८३

भन्सार छलि लैजान लागेको सुनसहित दुईजना महिला पक्राउ

मेरोन्यूज २०८० फागुन ३ गते १७:१६

काठमाडौं।  भन्सार छलि अवैध रूपमा लैजान लागेको सुन जस्तो देखिने पहेंलो धातुसहित २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement
NiccNicc

पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका-१ ठेगाना भएकी ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ शिद्धलेख गाउँपालिका-३ ठेगाना भएकी २६ वर्षीया उर्मिला मगर रहेका छन् । 

हिमालयन एयरलाईन्सको उडानद्वारा दोहाबाट नेपाल आएकी सन्चा कुमारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई तलासी गर्दा भित्री बस्त्रमा सुन जस्तो देखिने पहेलो रंगको धातुको करिब ११.६४ ग्राम तौलको बेरुवा औठी १ थान र करिब ५८.३२ ग्राम तौलको ब्रासलेट १ थान लुकाई छिपाई भन्सार छली लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । 

यसैगरी हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट नेपाल आएकी उर्मिलालाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई तलासी गर्दा पाईन्टभित्र लुकाई छिपाई भन्सार छलि लैजान लागेको अवस्थामा करिब ५० ग्राम तौलको सिक्री १ थान र करिब १८ ग्राम तौलको गणेशको मुर्तिको लकेटसहित सिक्री १ थान फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्‍यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । 

प्रतिक्रिया