फोहोर टिप्ने बाहानामा झण्डै १ करोड चोरी, ५ जना भारतीय नागरिक पक्राउ

काठमाडौँ । घरमा कोही नभएको मौका छोपी फोहोर संकलन गर्न भनेर पुगी चोरी गर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको समस्तीपुर जिल्ला मोहदीनगर घर भई हाल काठमाडौंको तिलगंगा बस्ने २६ वर्षीय लक्का भन्ने विकास पोदार, भारतको वेगुसरा जिल्ला बरौनी बस्ने वर्ष २८ को जितेन्द्र पोदार, भारतकै बैशाली जिल्ला बिहार बुधुपुरका २७ वर्षीय भाईलाल पोदार, भारत समस्तीपुर जिल्ला विध्यापती थानाका ४० वर्षीय संजय पोदार र भारत समस्तीपुरकै ५० वर्षीया मञ्जु देवी पोदार रहेका छन्।
प्रहरीका अनुसार उनीहरुले काठमाडौँ गोकर्णेश्वर नगरपालिका-४ का माकलवारीस्थित दिलकुमारी आले मगरको घरबाट दिउँसो कोही नभएको अवस्थामा नगद ६५ लाख रुपैयाँ र सुनका विभिन्न गहँना चोरी गरेका थिए । यस्तै काठमाडौँ महानगरपालिका-१० को दिनेश घिमिरेको सुनसहित २५ लाख नगदसमेत चोरी गरेका थिए ।
उनीहरुले गोकर्णेश्वर नगरपालिका-३ बाट सुनचाँदीका गहनासहित ४ लाख १० हजार रुपैयाँ समेत चोरी गरेका थिए ।













सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग
समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा
आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया