लुम्बिनी प्रादेशिक अस्पतालमा एनजीओग्राम सेवा

काठमाडौँ । लुम्बिनी प्रादेशिक अस्पतालले बुधाबारदेखि एनजीओग्राम सेवा सुरु गरेको छ । उक्त सेवा सञ्चालन भएपछि लुम्बिनी प्रदेश र आसपासका जनता लाभान्वित भएका छन् ।
एनजीओग्राम सेवा मान्छेको मुटुमा भएको ‘ब्लकएज’ परीक्षण गर्ने विधि हो । सो सेवा सञ्चालनमा आएपछि लुम्बिनी प्रदेश र आसपासका जनता उपचारका लागि राजधानीसम्म धाउनुपर्ने बाध्यता हटेको छ ।
लुम्बिनी प्रदेशमा पहिलो पटक यो सेवा सो अस्पतालमा सुरु भएको हो । यसअघि यो सेवा लिन त्यस भेगका जनता काठमाडौँ तथा भारत जानुपर्ने बाध्यता थियो । सेवा शुभारम्भ प्रादेशिक अस्पतालका डा अर्जुन बुढाथोकी र डा रोशन घिमिरेको नेतृत्वले गरेको हो ।
“अस्पतालले निकट भविष्यमै एनजीओप्लास्टी, पेसमेकर सेवा पनि सञ्चालनमा ल्याउन लागेको छ”, डा बुढाथोकीले भने । एनजीओप्लास्टी सेवा मुटुको धमनीमा जाली हाल्ने र पेसमेकर मुटुको चाललाई नियमित गर्न राखिने प्रविधि हो ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया