शुक्रबार, वैशाख २५, २०८३

देशमै उत्कृष्ट बन्यो उर्लाबारी खानेपानी

मेरोन्यूज २०८० फागुन ३ गते १९:३८

मोरङ । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था देशभरमा उत्कृष्ट बनेको छ। मोरङको उर्लाबारीमा स्थापित उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई नगर विकास कोषको मूल्यांकनको आधारमा देशकै उत्कृष्ट भएको भन्दै कदर पत्रले सम्मान गरिएको छ।

Advertisement
NiccNicc

पाटन संग्रहालय, भण्डारखाल बगैचा ललितपुरमा भएको नगर विकास कोषको ३६औं वार्षिकोत्सवको अवसरमा सहरी विकास मन्त्री सिता गुरुङले संस्थाका अध्यक्ष चिन्तामणि पौडेललाई कदर पत्रसहित सम्मान गरेकी हुन्।

साना शहरी खानेपानी आयोजना तेस्रो चरण, शहरी खानेपानी तथा सरसफाई आयोजना एवं सह–लगानी खानेपानी तथा सरसफाई आयोजनाहरू मध्ये उर्लाबारी खानेपानी उत्कृष्ट सावित भएको हो।

प्रतिक्रिया