लागूऔषधसहित दुईजना पक्राउ
मेरोन्यूज
२०८० फागुन ४ गते १८:०९

काठमाडाैं । धनुषा र मकवानपुरबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । धनुषाकाे विदेह नगरपालिका-९ तरहीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १० किलोसहित महोत्तरी भंगहा नगरपालिका-९ बस्ने २१ वर्षीय अमर कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ईटहर्वाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त परिमाणको वस्तुसहित पक्राउ गरेको हो ।
मकवानपुरकाे भिमफेदी गाउँपालिका-२ भैंसेबाट अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तु करिब २० किलोसहित थाहा नगरपालिका-८ देवीथान बस्ने १५ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको ना.८ ख ३५६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार ती किशोरलाई उक्त परिमाणको वस्तुसहित पक्राउ गरेको हो ।
सम्बन्धित













सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग
समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा
आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया