माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको निषेधाज्ञा अवधि दुई महिना थपियो

काठमाडौं । विरोधका बीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको निषेधित क्षेत्र कायमै राखेको छ । माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल पूल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधाज्ञा कायम गरिएको छ ।
शनिबारदेखि बढीमा दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, घेराउ, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको आदेशमा उल्लेख छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम यस्तो आदेश जारी गरिएको जनाइएको छ ।
यसअघि पनि यी स्थानमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी भएका स्थानमा राष्ट्रपति कार्यालय वरिपरी, प्रधानमन्त्री निवास बालुवाटारको क्षेत्र, संसद् भवन क्षेत्र, सिंहदरबार वरिपरि रहेको छ ।


















अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
प्रतिक्रिया