नवबुद्ध र बिर्तामोड युनाइटेड महिला गोल्डकपको सेमिफाइनलमा

मङ्गलबारे (इलाम) । नवबुद्ध युथ क्लब सप्तरी र बिर्तामोड युनाइटेड झापाको टोली इलाममा जारी प्रथम ओएसिस महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार सम्पन्न खेलमा नवबुद्धले युनाइटेड देउमाईलाई २–० गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । नवबुद्धका लागि ममता पुन मगरले खेलको तेस्रो र २०औँ मिनेटमा गोल गरेकी थिइन् । देउमाईले भने गोल गर्न सकेन । सो खेलको वुमन अफ दी म्याच ममता पुन मगर घोषित भइन् ।
शुक्रबार नै भएको अन्तिम क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेडले भारतको पटना फुटबल क्लबलाई ५–० गोलअन्तरले हरायो । बिर्तामोडका लागि समिक्षा मगरले ह्याट्रिक गरिन् । उनले खेलको पाँचौँ, ४९औँ र ५६औँ मिनेटमा गोल गरिन् । यस्तै खेलको १५औँ मिनेटमा सिम्रन राई र १८औँ मिनेटमा मोनिका घलेले बिर्तामोड युनाइटेडका लागि थप गोल गरेका थिए । सो खेलमा समिक्षा वुमन अफ दी म्याच घोषित भइन् ।
आज पहिलो सेमिफाइनल खेल भारतको मानेभन्ज्याङ फुटबल क्लब र नवबुद्ध फुटबल सप्तरीबीच तथा दोस्रो सेमिफाइनल खेल दीपेन्द्र शिखर फुटबल क्लब रोङ, इलाम र बिर्तामोड युनाइटेडबीच हुने आयोजक क्लब ओएसिसका अध्यक्ष च्याङ मुखियाले जानकारी दिए । विजेताले रु दुई लाख तथा उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ७ गते खेलाइने छ । प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी छन् ।
















पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया