भरूवा बन्दुकको गोली लागेर १ जनाको मृत्यु

बर्दिया । शान्तिनगर गाउँपालिका–१ स्थित बान्द्रेखोला जंगलमा गोली लागेर एक युवकको ज्यान गएको छ।
इलाका प्रहरी प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार शनिबार राति १ बजेतिर बबई गाउँपालिका–४ ठाटीखोलाका २४ बर्षीय तेजलाल खत्रीको शव जंगलमा फेला परेको थियो।
शिकार खेल्न गएकामध्ये एक जनाको गोली लागेर जंगलमा मृत्यु भएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक अजयजंग थापाको नेतृत्वमा गएको १३ जनाको प्रहरी टोलीले शान्तिनगरको बान्द्रखोला जंगलमा खत्रीलाई मृत अवस्थामा फेला परेको हो।
खत्रीको एउटा हात बारुदले जलेको जस्तो देखिएको र छातिमा भरुवा बन्दुकको गोली लागेको प्रहरीले जनाएको छ। शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ।
खत्रीसँगै चोरी शिकारमा निस्किएका सबैको पहिचान भइसकेको भए पनि सबै फरार रहेको हुँदा खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
प्रतिक्रिया