शनिबार, वैशाख १९, २०८३

दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु

मेरोन्यूज २०८० फागुन ५ गते १९:१४

दार्चुला । दार्चुलामा भिरबाट  लडेर एक पुरुषको मृत्यु भएको छ।

Advertisement
NiccNicc

जिल्लाको मार्मा गाउँपालिका–३ पारखडाका ३२ वर्षका जगतसिंह धामी सोही ठाउँ स्थित रिठाईनीको भिरमा शनिवार दिउँसो मृत अवस्थामा फेला परेका थिए।

धामीको सुनचन्ना भन्ने ठाउँबाट घर फर्कदै गर्दा उक्त भिरमा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ।

प्रतिक्रिया