कृषि क्षेत्रको बजारीकरणका लागि प्राङ्गारिक कृषि मेला

लुम्बिनी । कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान गर्ने उद्देश्यले बुटवल उद्योग वाणिज्य सङ्घ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा बिहीबारदेखि बुटवलमण्डपमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने भएको छ ।
कृषि मेला सम्पादन समितिले आज मेला स्थल बुटवलमण्डपमा पत्रकार सम्मेलन गरेर मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सङ्घका अध्यक्ष तथा मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले नेपालमा कूल जनसङ्ख्याको ६२ प्रतिशत कृषि क्षेत्रमा आधारित भए पनि कृषि क्षेत्रको योगदान २४ प्रतिशत मात्रै रहेको अवस्थामा त्यसलाई सुधार गरी कृषिका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा हुने योगदानमा बढोत्तरी गर्नको लागि सङ्घले विशिष्टिकृत कृषि मेला सञ्चालन गर्दै आएको बताए ।
पाँच दिनसम्म सञ्चालन हुने मेलामा प्राङ्गारिक कृषिवस्तुको उत्पादन तथा प्रवद्र्धनमा जोड दिइने छ । उपभोक्तालाई प्राङ्गारिक कृषि, पशुपन्छी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना प्रदान गरिने छ । प्राङ्गारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धति अपनाउन कृषकलाई जागरुक बनाउने, उपभोक्तामा प्राङ्गारिक कृषिउपज तथा असल खेती अभ्यास बारे जानकारी गराउने विश्वास गरिएको छ ।
कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र ‘मेसिनरी’सम्बन्धी जानकारी गराईने छ । असल कृषि प्रणाली अपनाइ कृषि, पशुपन्छी तथा मत्स्यजन्य वस्तु उत्पादन एवं बजारीकरणमा सहयोग पु¥याउने पनि विश्वास गरिएको छ ।
मेलामा कृषिका अत्याधुनिक प्रविधिको प्रदर्शनी, कृषि परिकार, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शन, कृषि सेवासम्बन्धी जानकारीमूलक ‘स्टल’, प्राङ्गारिक र असल खेती अभ्यास, कृषिजन्य वस्तुको बिक्री वितरण, जीवनाशक विषादि प्रयोग प्रभाव र विकल्प, प्राङ्गारिक खेतीको लागि हालसम्मको प्रयास र उपलब्धि, मत्स्यपालन व्यवसाय, अवसर सम्भावना र चुनौती तथा कृषि वस्तुको बजारीकरणसम्बन्धी छलफल गरिने छ ।
















काठमाडौंमा पनि हल्का वर्षा
National Anti-Money Laundering Day today
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात
भारी हिमपातले मध्यपहाडी लोकमार्ग पुन:अवरुद्ध, सयौँ यात्रुहरु अलपत्र
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
प्रतिक्रिया