कृषि क्षेत्रको बजारीकरणका लागि प्राङ्गारिक कृषि मेला

लुम्बिनी । कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान गर्ने उद्देश्यले बुटवल उद्योग वाणिज्य सङ्घ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा बिहीबारदेखि बुटवलमण्डपमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने भएको छ ।
कृषि मेला सम्पादन समितिले आज मेला स्थल बुटवलमण्डपमा पत्रकार सम्मेलन गरेर मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सङ्घका अध्यक्ष तथा मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले नेपालमा कूल जनसङ्ख्याको ६२ प्रतिशत कृषि क्षेत्रमा आधारित भए पनि कृषि क्षेत्रको योगदान २४ प्रतिशत मात्रै रहेको अवस्थामा त्यसलाई सुधार गरी कृषिका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा हुने योगदानमा बढोत्तरी गर्नको लागि सङ्घले विशिष्टिकृत कृषि मेला सञ्चालन गर्दै आएको बताए ।
पाँच दिनसम्म सञ्चालन हुने मेलामा प्राङ्गारिक कृषिवस्तुको उत्पादन तथा प्रवद्र्धनमा जोड दिइने छ । उपभोक्तालाई प्राङ्गारिक कृषि, पशुपन्छी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना प्रदान गरिने छ । प्राङ्गारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धति अपनाउन कृषकलाई जागरुक बनाउने, उपभोक्तामा प्राङ्गारिक कृषिउपज तथा असल खेती अभ्यास बारे जानकारी गराउने विश्वास गरिएको छ ।
कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र ‘मेसिनरी’सम्बन्धी जानकारी गराईने छ । असल कृषि प्रणाली अपनाइ कृषि, पशुपन्छी तथा मत्स्यजन्य वस्तु उत्पादन एवं बजारीकरणमा सहयोग पु¥याउने पनि विश्वास गरिएको छ ।
मेलामा कृषिका अत्याधुनिक प्रविधिको प्रदर्शनी, कृषि परिकार, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शन, कृषि सेवासम्बन्धी जानकारीमूलक ‘स्टल’, प्राङ्गारिक र असल खेती अभ्यास, कृषिजन्य वस्तुको बिक्री वितरण, जीवनाशक विषादि प्रयोग प्रभाव र विकल्प, प्राङ्गारिक खेतीको लागि हालसम्मको प्रयास र उपलब्धि, मत्स्यपालन व्यवसाय, अवसर सम्भावना र चुनौती तथा कृषि वस्तुको बजारीकरणसम्बन्धी छलफल गरिने छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया