आइतबार, वैशाख १३, २०८३

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

मेरोन्यूज २०८० फागुन ८ गते २१:३१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार साँझ दुई नेताबीच सिंहदरबारमा भेटवार्ता भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

Advertisement
NiccNicc

अध्यक्ष ओली केन्द्रीय समिति बैठकबाट प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए ।

दुई नेताबीचको भेटवार्तामा विशेष गरी शान्ति प्रक्रियासँग सम्बन्धित संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) का बारेमा छलफल भएको बताइएकाे छ ।

प्रतिक्रिया