नामिबियाविरुद्ध नेपालले गुमायाे तेस्राे विकेट
मेरोन्यूज
२०८० फागुन ९ गते १०:२१

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको नामिबियाविरुद्धको खेलमा नेपालले ५ रनको अन्तरमा ३ विकेट गुमाएको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालले सातौँ ओभरमा लगातार दुई विकेट र आठौँ ओभरमा अर्को एक विकेट गुमाएको हो ।
नामिबियाका बर्नार्ड स्कल्जले गरेको सातौँ ओभरको दोस्रो बलमा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको हो । सोही ओभरको चौथो बलमा नेपालले तेस्रो क्रममा ब्याटिङका लागि आएका अनिल साहलाई पनि गुमायो ।
भुर्तेलले नेपाली टिमको खातामा १८ रन थपे । अनिल भने डक भए । यस्तै नेपालले आठौँ ओभरमा चौथो क्रममा ब्याटिङका लागि आएका देव खनाललाई पनि शून्य रनमा गुमायो । पाँच बल खेलेका देवले खाता खोल्न सकेनन् ।
जारी खेलको नौ ओभर पूरा हुँदा नेपालले तीन विकेट गुमाएर ५६ रन बनाएको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया