नामिबियासँग नेपालको लगातार दोस्रो हार

काठमाडौँ । नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको १६९ रनको लक्ष्य पछाएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्याे ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुँदै १६८ रन बनाएको थियो ।
नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३६, भिम सार्कीले २६ तथा कुशल भुर्तेलले १८ रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शुन्यमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले ६, सोमपाल कामीले ५ र करण केसीले १२ रन बनाए ।
त्यसैगरी नामिबियाका बलर बेरनार्ड स्कोल्ज र जान निकोल एटनले ४-४ विकेट लिएका थिए ।
यो जितपछि लिग-२ मा नामिबियाको ३ खेलमा ४ अंक भएको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।
अब लिग-२ को यस सिरिजको अर्को खेल आगामी शुक्रबार नामिबियाले नेदरल्याण्डसको सामना गर्ने छ ।
लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।
आईसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया