निष्ठा र समर्पण भावका साथ काम गर्न निर्देशन

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले युवा वर्ग नै राष्ट्रको भविष्य भएको र राष्ट्रप्रतिको उनीहरुको माया, समर्पणभाव र निष्ठाले नै हाम्रो राष्ट्र, राष्ट्रियता, भाषा, संस्कृतिलगायत सबै पक्ष बलियो हुने बताएका छन् ।
राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय, नवलपरासीमा आज आयोजित सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रधान सेनापतिले राष्ट्र, राष्ट्रियता र भाषाको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
प्रधान सेनापतिले राष्ट्रिय सेवा दलका क्याडेटहरूले आफ्नो तालिमको दौरान हासिल गरेका सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, राष्ट्रियता, सामाजिक उत्तरदायित्व तथा अनुशासनसम्बन्धी विविध सैद्धान्तिक तथा व्यावहारिक ज्ञानले भविष्यमा आउनसक्ने प्रतिकूल परिस्थितिलाई सहजरुपमा सामना गर्न सहयोगी हुने विश्वास व्यक्त गरे ।
राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्कीले राष्ट्रिय सेवा दलको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
राष्ट्रिय सेवा दलका पूर्वकार्यकारी महानिर्देशक उपरथी रमिन्द्र क्षेत्री, रथीवृन्द तथा अधिकृतहरू, नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, प्रधानाध्यापक तथा अभिभावकहरू, सञ्चारकर्मीलगायत उपस्थित थिए।
प्रधान सेनापतिले सर्वोत्कृष्ट क्याडेटलाई पुरस्कार वितरण गरे। आज पाँच सय ६६ जना दीक्षित भएका छन् ।
विसं २०२२ मा स्थापित राष्ट्रिय सेवा दलबाट हालसम्म सिनियर डिभिजन तथा जुनियर डिभिजन गरी ७३ हजार दुई सय ७३ जनाले राष्ट्रिय सेवा दल तालिम लिएका छन् ।
















आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया