त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टिमको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नामिबिया र नेदरल्याण्डससँग मंगलबारदेखि हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ ।
क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको हो ।
यो टोलीमा यसअघि क्यानाडाविरुद्ध खेलेका नेपाल ‘ए’ का सात खेलाडी समेटिएका छन्।
नेपाल ‘ए’ का कप्तान विनोद भण्डारी, प्रतिस जीसी, सन्दीप जोरा, विवेक यादव, रसिद खान, सागर ढकाल र अविनाश बोहोरा टी-२० खेल्ने राष्ट्रिय टोलीमा अटाएका छन्।
टी-२० को टोलीमा भीम सार्की, देव खनाल, सूर्य तामाङ र पवन सर्राफ समेटिएका छैनन्।
टी–२० खेल्ने टोली
रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।
टी-२० सिरिजको पहिलो खेलमा आगामी मंगलबार नेपालले नामिबियाको सामना गर्दै छ ।

















वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया