माछा मार्ने क्रममा सेतिमा बेपत्ता एक युवक मृत फेला, अर्काकाे खोजिकार्य जारी

कास्की । सेतीमा आछा मार्न गएका एक युवकको शव फेला परेको छ, भने अर्का युवकको खोजी भईरहेको छ ।
कास्की जिल्ला पोखरा महानगरपालिका- १७ महतगौडा स्थित सेती नदिमा माछा मार्ने क्रममा बेपत्ता भएका एक युवकको शव सशस्त्र प्रहरिले निकालेको हो । उनी सँगै गएका अर्का युवकको भने खोजिकार्य जारी छ ।
माछा मार्न गएका ५ जना मध्ये सोही महानगरपालिका -१ कसेरी बस्ने ४० बर्षका मंगा तामाङ्ग मृत अवस्थामा ढुङ्गामा अड्किएको अबस्थामा सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की बाट गएको गोताखोर र बिपद् उद्दार टिम सहितको फौजले आईतबार राती पौने १ बजे शव फेला पारेको हो ।
सोही ठाउँ बस्ने ४३ बर्षका रक्सेस तामाङ्गको खोजी कार्य जारी राखेको छ । शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । साथै माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका थापाले बताए ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया