एनएफपिजे नेपालले फुटसल प्रतियोगिता आयोजन गर्दै

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) को आयोजनामा मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ ।
आगामी चैत १७ गते हुने उक्त प्रतियोगतामा विगत वर्षमा झैं यसवर्ष पनि विभिन्न सञ्चार संस्थामा आबद्ध भएका फोटो पत्रकार तथा पत्रकारहरुको टोलीवीच मैत्रिपूर्ण फुटबल आयोजना गर्न लागिएको एनएफपिजेका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिए ।
उनको अनुसार उक्त प्रतियोगिताको तयारीका लागि सानो भर्याङस्थित स्वस्तिश्री गुरुकुल स्कुलमा फुट्सल प्रशिक्षण सुरु गरिएको छ ।आगामी बैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा बंगलादेशको फोटो पत्रकार र नारायणगञ्ज क्वलका सदस्यहरूवीच तय भएको मैत्रिपूर्ण फुटबल खेलका लागि नेपाल एनएफपिजेले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ संस्थाका साथीहरू स्वस्थ पनि रहुन र अन्य संघसंस्थासँग पनि मैत्रिपूर्ण खेल खेल्न सकियोस् भन्ने उद्देश्यले फुट्सल मार्फत प्रशिक्षण थालेको एनएफपिजेका अध्यक्ष वन्तले बताए ।
यसअघि गतवर्ष असारमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को २५ औँ वार्षिक उपलक्ष्यमा पनि फुट्सल प्रतियोगिता आयोजना गरिएको थियो ।
















पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया