इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको तेस्रो जित

काठमाडौँ । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित हासिल गरेको छ । भारतले सोमबार चौथो टेस्ट ५ विकेटले जित हासिल गर्दै जारी सिरिजमा ३-१ को अग्रता हासिल गरेको छ र सिरिज पनि जितेको छ ।
इङल्याण्डले पहिला ब्याटिंग गर्दै ३५३ रन बनाएको थियो भने भारतले पहिलो इनिंगमा ३०७ रन बनाएको थियो । त्यस्तै इङल्याण्ड दोस्रो इनिंगमा १४५ रनमा अल आउट भएपछि भारतले टेस्ट जित्न १९२ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य भारतले ५ विकेट गुमाएर पुरा गरेको छ ।
यस टेस्टमा इङल्याण्डका जो रुटले पहिलो इनिंगमा १२२ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै भारतका लागि ध्रुव जुरेलले पहिलो इनिंगमा ९० रनको पारी खेलेका थिए ।
त्यसैगरी भारतका बलर आर आश्विनले इङल्याण्डलाई दोस्रो इनिंगमा १४५ रनमा अल आउट गर्ने क्रममा ५ विकेट लिएका थिए ।
यस सिरिजमा पहिलो टेस्ट इङल्याण्डले २८ रनले जितेको थियो भने त्यसपछिका तीन खेल भारतले जितेको छ । अब सिरिजको पाँचौं टेस्ट आगामी मार्च ७ देखि धर्मशालामा शुरु हुने छ ।
















सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया