मंगलबार, वैशाख २२, २०८३

लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा

मेरोन्यूज २०८० फागुन १६ गते ७:३९

काठमाडौं । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा पुगेको छ।

Advertisement
NiccNicc

जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

नेपालका लागि प्रिती राईले खेलको ९५औं मिनेटमा निर्णायक गोल गर्दै नेपाललाई फाइनलमा पुर्याएकी हुन्। यसअघि नेपालका लागि सावित्रा भण्डारीले खेलको ७६औ मिनेटमा बराबरी गोल गरेकी थिइन्। सावित्राको यस प्रतियोगितामा यो नवौं गोल हो। 

त्यस्तै लेबनानका लागि नेपालकी पुजा रानाले खेलको ३७औं मिनेटमा आत्मघाती गोल गरेपछि लेबनानले शुरुवाती अग्रता लिएको थियो।

यसअघि पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनलाई ५-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो।

अब फाइनल नेपालले जोर्डनको सामना गर्ने छ। फाइनल खेल विहिबार हुने छ।

प्रतिक्रिया