आइतबार, वैशाख ६, २०८३

अखिल क्रान्तिकारीकाे नेतृत्वमा अब सहिदकाे छाेराछाेरीले हाँक्नेः उपाध्यक्ष मैनाली

मेरोन्यूज २०८० फागुन १९ गते ९:३१

धरान। अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले बिधान सम्मेलन पछिको अखिल (क्रान्तिकारी) सहिदको छोरोले हाँक्ने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

महेन्द्र बहुमुखी क्याम्पस, धरानमा शुक्रबार आयोजीत भेटघाट तथा सक्षिप्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा धारणा राख्ने क्रममा मैनालीले यस्तो धारणा राखेका हुन् ।

केन्द्रीय बिधान सम्मेलन पछि माओवादी केन्द्रको प्रत्यक्ष निर्वार्चनबाट केन्द्रीय समिति छान्ने निर्णयले आाम नेता कार्यकर्तामा उत्साह पैदा गरेको भन्दै मैनालीले  बिधान सम्मेलन सँगै पार्टी रुपान्तरण अभियान नयाँ चरणमा प्रवेश गरेको धारणा राखेका छन् ।

माओवादी २० ओैं हजार  जनयुद्धका सहिद बेपत्ता र घइतेहरु भएको पार्टी भएको र पार्टी  जनयुद्ध शुरु भएको करिब  ३० दशक बितिसक्दा सहिदको छोरो नै बिध्यार्थी र वाईसिएल जस्ता जवस हाक्न सक्ने भइसकेको  भन्दै उनले अगाडि भने, ‘अबको अखिल क्रान्तिकारी शहिदको छोरोरछोरीले हाँक्न सक्छ। यूवा संघ पनि सहिदको छोरा वा छोरीले हाँक्न सक्छन ।’

प्रतिक्रिया