बसको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

विराटनगर । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडियामा बसको ठक्करबाट शनिबार पैदलयात्री महिलाको मृत्यु भएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४०३४ नम्बरको बसले ठक्कर दिँदा ५२ वर्षीया मीराकुमारी श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। प्रहरीका अनुसार झापाको गौरीगन्ज माइती भएकी श्रेष्ठको भारतमा बिहे भएको खुलेको छ। उनी भारतको लुवाघाटमा बस्दै आएकी थिइन्।
मोरङको सुन्दरहरैँचास्थित आफन्तको घरमा आएका बेला दुर्घटनामा परेर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। पैदल हिँडिरहेका बेला उनलाई दिउँसो १२:५० बजेतिर बसले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो।
उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्कसले मृत घोषित गरेको डीएसपी दाहालले बताए। उनका अनुसार बस र चालक झापाको बिर्तामोड नगरपालिका–४ का ४० वर्षीय प्रेम भट्टराईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ।

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
खुल्यो तुम्लिङटार विमानस्थल
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
प्रतिक्रिया