मुख्यमन्त्री कप भलिबलको उपाधि सशस्त्र प्रहरीलाई

किमाथाङ्का (सङ्खुवासभा) । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ ।
आज भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–१ सेटले पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो । एपिएफ क्लबले १४–२५, २५–२३, २५–२१ र २५–२१ अङ्कले जितेको हो ।
उपाधि विजेता एपिएफले नगद रु तीन लाख, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । उपविजेता गण्डकी प्रदेशले नगद रु एक लाख ५० हजार, प्रमाणपत्र र ट्रफी हात पारेको छ ।
त्यसैगरी नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । पुलिसले आर्मीलाई ३–१ सेट अङ्कले पराजित गरेको हो । तेस्रो पुरस्कार प्राप्त गर्न सफल नेपाल पुलिस क्लबले नगद रु नगद ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी त्रिभुवन आर्मी क्लबले सान्तवना पुरस्कार रु ३० हजार, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकारले नयाँ रणनीति बनाएर अघि बढ्ने बताए । उनले प्रदेश सरकारले सम्पूर्ण खेलमा विकासमा प्रतिबद्ध भएर लाग्ने बताए ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल सङ्घ सङ्खुवासभाको संयोजनमा प्रतियोगिता फागुन १५ देखि सुरु भएको थियो । प्रतियोगितामा विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिएको भलिबल सङ्घका केन्द्रीय सदस्य प्रवीण श्रेष्ठले बताए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी एपिएफका विजय थापा, उत्कृष्ट स्पाइकर गण्डकी प्रदेशका रवि केशीले हात पारेका छन् । त्यस्तै उत्कृष्ट सटर एपिएफका लोकेन्द्र गिरी, उत्कृष्ट सरभर एपिएफका विश्वास अधिकारी, उत्कृष्ट ब्लकर गण्डकीका सरोज बर्देवा, उत्कृष्ट लिबेरो एपिएफका विनोद चन्द र उत्कृष्ट प्रशिक्षक एपिएफका पुष्पजङ्ग मल्ललाई पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लबसहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका टिमको सहभागिता थियो ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया