पूर्वमन्त्री कोइरालाको ‘अमरगाथा’ प्रकाशित

दमौली (तनहुँ) । नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाको पुस्तक ‘अमरगाथा’ प्रकाशित भएको छ । जनयुद्धका क्रममा तनहुँ जिल्लामा सहादत प्राप्त गर्ने सहिद तथा बेपत्ता योद्धाहरूको जीवनीमा आधारित ‘अमरगाथा’ पुस्तकको आज विमोचन गरिएको हो ।
जनयुद्ध अध्ययन प्रतिष्ठान तनहुँले दमौलीमा आयोजना गरेको कार्यक्रममा नेकपा ९माओवादी० केन्द्रका महासचिव देवप्रसाद गुरुङले उक्त पुस्तकको विमोचन गरे । पुस्तकमा तनहुँमा सहादत प्राप्त गर्ने ६५ र बेपत्ता १५ गरी ८० जना सहिद तथा बेपत्ताको जीवनी समावेश गरिएको जनाइएको छ ।
नेकपा (माओवादी) केन्द्र तमुवान राज्य समितिबाट प्रकाशित वासु सन्देश, स्थानीय शान्ति समितिबाट प्रकाशित शान्ति स्मारिका, सहिद र बेपत्ता योद्धाहरूको सम्भव भएसम्म घरै पुगेर परिवारसँग गरिएको कुराकानी र जानकारीका आधारमा पुस्तक प्रकाशन गरिएको कोइरालाले जानकारी दिए।
पुस्तकमा सोतीवेशीका होमनाथ अधिकारी र गोमा अधिकारीका दुई छोरा भरतचन्द्र अधिकारी, गजेन्द्र अधिकारी, छोरी इन्दु अधिकारी र बुहारी कलावती अधिकारी गरी चार जनाको बलिदान भएको हृदयविदारक कथासमेत समेटिएको कोइरालाले बताए ।
उनले भने, “निर्ममतापूर्वक मार्ने, जबर्जस्ती बेपत्ता पार्ने, अमानवीय यातना दिने, हिरासत र जेलमा बन्दी बनाउने, घरमा बसेकालाई समेत डर, त्रास सिर्जना गर्नेजस्ता क्रियाकलाप जनयुद्धका क्रममा भए । मुक्ति र परिवर्तनको चाहना राख्नेहरू अगाडि बढिरहे, योद्धाका रूपमा भूमिका निर्वाह गरिरहे । यी सबै विषयवस्तुलाई पुस्तकमा समावेश गर्ने प्रयत्न गरेकी हुँ ।”
पुस्तकलाई सहिद तथा बेपत्ता योद्धाहरूको जीवनीमात्र नभएर तनहुँ जिल्लाको जनयुद्धकालीन इतिहासका रूपमा लिन सकिने पुस्तकको प्रकाशकीयमा उल्लेख गरिएको छ । प्रकाशकीयमा भनिएको छ, “इतिहास आफैँमा एउटा नितान्त जटिल र कष्टसाध्य विधा हो, इतिहास लेख्ने काम सजिलो हुँदैन । यसका लागि निकै सुक्ष्म र गहन अध्ययनका साथमा लामो र कठोर तपस्या जरुरी हुन्छ ।”
तनहुँको जनयुद्धकालीन इतिहासलाई लिपिबद्ध गर्न सुरुआत गरिएको पुस्तकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, कम्युनिष्ट नेता मोहन वैद्य, नेत्रविक्रम चन्दलगायतको शुभकामना सन्देश समावेश गरिएको छ ।
पुस्तक विमोचन गर्दै महासचिव गुरुङले सहिदको सपना पूरा गर्नुपर्नेमा जोड दिए । सहिदको बलिदान र योगदानले मुलुकमा गणतन्त्र स्थापना भएकाले यसको रक्षा गर्नु अहिलेको प्रमुख चुनौती भएको महासचिव गुरुङको भनाइ थियो । सहिदको सपना साकार पार्नु मुख्य कार्यभार रहेकाले त्यसतर्फ सरकार र पार्टीको ध्यान गएको उनले बताए ।
उनले भने, “अहिलेको अवस्थामा समाजवादी क्रान्तिको विकल्प छैन, समाजवादी क्रान्ति सफल बनाउन सक्यौँ भनेमात्र सहिद र बेपत्ता योद्धाहरूको सपना साकार हुनसक्छ ।” प्राप्त उपलब्धिको रक्षा गर्दै समाजवादी क्रान्ति पूरा गर्ने बाटोमा अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो ।
शुक्लागण्डकी नगरपालिका–५ निवासी कोइराला विसं २०७० मा संविधानसभा सदस्य बनेका थिए । उनी विसं २०७४ मा महिला तथा बालबालिकामन्त्री बनेका थिए भने २०७४ सालमै गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया