टी-२० सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा
मेरोन्यूज
२०८० फागुन २० गते १४:४८
काठमाडौं । नेपाल र नेदरल्याण्डस जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पुगेका छन् ।
आइतबार नामिबिया र नेदरल्यान्ड्सबीच खेल बर्षाले सम्पन्न हुन नसकेपछि दुवैले एक एक अंक बाँडेपछि नेपाल र नेदरल्याण्डस फाइनल खेल्ने भएका हुन् ।
नेदरल्याण्डसको ४ खेलमा ५ अंक भएको छ भने नेपालको ४ खेलमा ४ अंक रहेको छ । त्यस्तै नामिबियाको ४ खेलमा ३ अंक मात्र रहेको छ ।
अब नेपाल र नेदरल्यान्डसबीचको फाइनल खेल टियु मैदानमा मंगलबार हुने भएको छ ।
सम्बन्धित
प्रतिक्रिया