दोस्रो कर्णाली चलचित्र कार्यशाला सुर्खेतमा हुने

काठमाडौं । दोस्रो कर्णाली चलचित्र कार्यशाला यही २३ फागुनबाट २९ फागुनसम्म कर्णालीको सुर्खेतमा आयोजना हुने भएको छ ।
कार्यशालाको तयारी तीव्र गतिमा भइरहेको आयोजक संस्था केबी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष भूपेन्द्रकुमार खड्काले जानकारी दिए । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग उनले कार्यशालाबारे जानकारी गराए । उनका अनुसार कर्णालीमा दोस्रोपटक यो चलचित्र कार्यशाला आयोजना गर्न लागिएको हो ।
‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसावले निकै सुन्दर छ । सांस्कृति विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउनकै लागि हामीले गत वर्षबाट कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौँ,’ अध्यक्ष खड्काले भने ।
यसअघि २०७९ असारको दोस्रो साता पहिलो कर्णाली चलचित्र कार्यशाला सुर्खेतमा आयोजना गरिएको थियो । पहिलो कार्यशालामा चलचित्रसम्बन्धी आधारभूत कुरा सिकाइएको थियो । यसपटक चलचित्रबारे एडभान्स कोर्षको प्रशिक्षण दिन लागेको आयोजक संस्थाका अध्यक्ष खड्काले बताए ।
कार्यशालामा चलचित्र विकास बोर्डका अध्यक्ष तथा अग्रज अभिनेता भुवन केसीको मास्टर क्लास हुने भएको छ । यस्तै, चलचित्र लेखक तथा निर्देशक दयाराम दाहालले पनि चलचित्र निर्देशनबारे विशेष कक्षा लिने भएका छन् ।
चलचित्र लेखक तथा निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले स्क्रिप्ट लेखन र चलचित्र निर्देशनको प्रयोगात्मकसहितको कक्षा लिने भएका छन् । सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनयसम्बन्धी प्रशिक्षण दिनेछिन ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया