मंगलबार, माघ ६, २०८२

लालबन्दी नगर अस्पतालबाट शल्यक्रियासहितको प्रसूति सेवा सुरु

मेरोन्यूज २०८० फागुन २२ गते १२:३७

सर्लाही। लालबन्दी नगर अस्पतालले शल्यक्रियासहितको प्रसूति सेवा सुरु गरेको छ ।

Advertisement
thakur moters insidethakur moters inside

नगरपालिकाको आफ्नै प्रयासमा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोन्नति गरी जटिल प्रसूति व्यथा भएका गर्भवती महिलाको शल्यक्रिया सेवा सुरु गरिएको लालबन्दी नगरपालीकाका नगरप्रमुख बासूदेब अधिकारिले जानकारी दिए ।

पहिलोपटक लालबन्दी  नगर अस्पतालले मिर्चैया नगरपालिका १९ वर्षीया चन्डिका मगरको  शल्यक्रिया गरिएको हो । शल्यक्रियाबाट उनको पहिलो सन्तान छोरी भएको लालबन्दी नगर अस्पतालले जनाएको छ । 

चन्डिका मगरको शल्यक्रिया गरेर लालबन्दी अस्पतालमा प्रसूति शल्यक्रिया सेवा सुरु गरिएको लालबन्दी नगरपालिका स्वास्थ शाखाले जनाएको छ  । डा. रामबिश्वास राय दनुवार  एनेस्थेसिया सहायक अनिल कापर, नर्स बबिता कुमारीसहितको स्वास्थ्यकर्मीको टोलीले सफलतापूर्व शल्यक्रिया गरेको हो । सुत्केरी व्यथा लागेर अस्पताल आएकी महिलाको  शल्यक्रियाबाट आफ्नी छोरीलाई  जन्म दिएको डा. रामबिश्वास राय दनुवारले बताए ।

लालबन्दी नगर अस्पतालमा  सोमबार पहिलो शल्यक्रिया सफल भएको डा. दनुवारले बताए । 
 

प्रतिक्रिया