रत्यौली संरक्षणमा आमा समूहको सक्रियता
मेरोन्यूज
२०८० फागुन २२ गते १३:०८

हे।।।बिहे गरे छोरा विदेश सहरमा बुहारी
घरमा भने बाउ आमा र बाँझो खेतबारी
आफ्नै देश केही गरी खानु वृद्धाश्रम बा–आमा नलानु
आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो।।।।
बागलुङ नगरपालिका–८ सिगाना सायकोटको सृजनशील आमा समूहले तयार पारेको रत्यौली गीतको टुक्का हो यो । विवाह संस्कारमा गाइने गीतमध्यको रत्यौली अहिले लोप हुने अवस्थामा आएपछि यहाँका आमा समूह मिलेर संरक्षणमा जुटेका छन् ।
वैवाहिक सम्बन्धको विषय वरपर रहेर गाइने गीतलाई रातमा रमाइलो गरेर गाइने भएकाले यसलाई रत्यौली नामकरण गरिएको आमा समूहका अध्यक्ष डिलकुमारी कार्कीले बताइन । लोकगीतका विभिन्न भेदमध्यको संस्कार गीतमा पर्ने रत्यौली बिस्तारै लोप हुने खतरामा बढ््दै गएपछि यहाँका ‘रत्यौली समूह’ निर्माण गरेर मेला तथा पर्वमा रत्यौली गाउन र नाच्न थालिएको उनको भानाई छ।
मौलिक गीतका रुपमा रहेको रत्यौली पछिल्लो समय आधुनिकतासँगै लोप हुन थालेकाले आमा समूह बनाएर संरक्षणमा जुटेको यहाँका आमाहरुले बताएका छन् । वैवाहिक तथा परिवारको सम्बन्धको, विगत र भविष्यको सेरोफेरोमा घुमेका यस्तै गम्भीर र थुप्रै ठट्यौली अनि रमाइला खालका गीत गाउँदै रत्यौली संरक्षणमा जुटेको समूहका अध्यक्ष कार्कीले बताइन । पछिल्लो समय पार्टी प्यालेसबाट तथा भागी विवाह गर्ने चलन बढेकाले रत्यौली परम्परा पुस्तान्तरण हुन नसक्दा लोप हुनथालेपछि विवाह समारोहसँगै मेला पर्वमा रत्यौली प्रदर्शन गर्न थालिएको उनको भनाइ छ ।
“रत्यौलीका लागि लाहुरे, लुठो, मादले, खैजाडु, श्रीमान्श्रीमतीको जोडीसहितको समूह तयार पारेका छौँ । सचेतनामूलक सन्देश दिनेगरी सामाजिक र सांस्कृतिक कार्यक्रममा रत्यौली प्रदर्शन गर्दै आएका छौँ”, कार्कीले भनीन्, “विद्यालयको वार्षिकोत्सव, क्लबको मेलालगायत कार्यक्रममा यस्ता गीत गाउँदा मनोरञ्जनका साथै सन्देश पनि दिन सकिन्छ र संस्कृति संरक्षण पनि हुन्छ भनेर अभियान नै थालेका छौँ ।”
उनका अनुसार बालमैत्री अभियान, दाइजो प्रथा, बालविवाहविरुद्ध, महिला शिक्षालगायत विषयमा रत्यौली गीतका शब्द सङ्कलन गरेर गाइँदै आइएको छ । रत्यौलीका लागि आवश्यक सामग्री मादल, खैजाडी, नवविवाहितको जोडी, पण्डितको भेषसम्मका कपडा समूहले व्यवस्था गरेको उनले बताईन् ।
“उहिल्यै–उहिल्यै रतौली गीतमार्फत आमा, दिदीबहिनीहरू दुलाहा–दुलही र घरपरिवारलाई आशिष् दिन्थे । पारिवारिक अवस्थाको चित्रण गर्दै बह पोख्थे अनि खुलेरै रमाइलो गर्थे । पहिला प्रायः विवाह राति हुने भएकाले यसलाई रत्यौली भनिएको हो । अहिले विवाह दिनमा हुन थाल्यो र यो परम्परा पनि लोप हुँदै गयो”, समूहका सदस्य गङ्गा खड्काले भनीन्।
समूहबाट सन्देशमूलक गीतका शब्द सङ्कलन गरेर मेला, पर्व, विद्यालयको वार्षिकोत्सवलगायत कार्यक्रममा रत्यौली गाउन थालेको भन्दै यसले यो परम्परा संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको उनले बताईन् । समूहमार्फत रत्यौलीको परम्परालाई संस्थागत गर्न लागिएको उहाँको भनाइ छ ।
हे।।।। सुन्नुहोला माइतीले हाम्लाई लोभ छैन,
असल संस्कार छोरी दिनुहोस् दाइजो पर्दैन,
आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो।।।।
हे।।।।कर्म गरौँ आफ्नै भर परौँ
दाइजो पर्था हटाउने काम गरौँ,
आमाको पियारो छोरो ।।।।।।।।।।।।।।
मनोरञ्जन÷रमाइलो हुने भएकाले यसको नाम रत्यौली भएको भन्दै समूहका सदस्य खड्काले अब रमाइलोसँगै सन्देशमूलक रत्यौली गाउँदै संरक्षणमा जुटेको बताईन् । बिहे घरमा अचेल पहिलाजस्तो रमाइलो रत्यौली हुन छोडेपछि आमा समूह यसको संरक्षणमा जुटेको उनको भनाइ छ ।
उहिल्यै रत्यौलीमा सुनिने रमाइला, ठट्यौली र मानवीय जीवनका दैनिकी समेटिएका यथार्थपरक गीतहरु आजकल सुनिन छोडेका छन् ।
“छोराको बिहेमा दुलाहा अन्माएर लगेपछि बिहेघरको आँगनमा भेला भएर महिलाले मादल र झ््याली बजाउँदै मुजुराको तालमा गीत गाउँदै नाच्थे । पछिल्लो समय यो परम्परा तडकभडकमा मात्रै सीमित हुन थालेपछि चिन्तित भएर यसको संरक्षणमा लागेका हौँ”, समूहका गङ्गा गौतमले भनीन् । विगतमा जस्तो मौलिक स्वाद र शैलीका रत्यौली अहिले नरहे पनि परम्परालाई जीवित राख्न विवाहबाहेक अन्य सभासमारोहमा सन्देशमूलक रत्यौली देखाउन थालिएको उनले बताइन् ।
“विवाहमा पहिला दिनरात रत्यौली हुन्थ्यो अहिले खासै गाउँदैनन्”, गौतमले भनीन्, “सभा तथा समारोहमा विवाहको मण्डपसहित दुलाहादुलहीसहितको समूह बनाएर रत्यौलीको छोटो प्रस्तुति दिन थालेका छौँ ।”
पहिला रात ढल्दै क्षितिजमा प्रभातकालीन रश्मी देखिन थालेपछि विभिन्न देवीदेवता पुकार्दै दुलाहाका आमाबाबु, परिवारजन र आफन्तलाई आशिष् दिने र दान सङ्कलन गर्ने परम्परा रहेकामा अहिले त्यो हराउँदै गएकामा उनले चिन्ता व्यक्त गरिन् ।
“बिहानीपख रत्यौली सकेर महिला आ–आफ्नो घरतर्फ जाने र बेलुकी दुलही भित्र्याउने बेलामा फेरि तिनै महिलाहरू भेला भएर दुलहीको स्वागत गर्ने, आशीर्वाद दिने र रत्यौलीको समापन गर्ने चलन थियोे”, गौतमले भनीन्, “हिजोआज एकदिने विवाह हुन्छ । रातिमा रत्यौली खेल्ने चलन लोप नै भइसकेको छ ।” दिउँसोमा नाचगान गर्ने गरे पनि मौलिक गीत गाउनुभन्दा आधुनिक गीत बजाउने प्रचलन बढेको उनको भनाइ छ ।
समूहले सन्देशमूलक रत्यौलीका गीत गाउन थालेपछि यसको रमाइलो नै फरक हुन थालेको भन्दै स्थानीय महिलाको सहभागिता बढ्दै गएको आमा समूहका सदस्य बताउँछन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया