स्रोत नखुलेको १० लाख रूपैयाँसहित २ पक्राउ

रौतहट । नेपाली नम्बरको ब्रेजा कार र १० लाख नगद रुपैयाँ सहित हेटौंडाका दुईजना रौतहटबाट पक्राउ परेका छन्।दुवैजनालाई रौतहट स्थित प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्ने ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङ रहेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन।
इलाका प्रहरी कार्यालय बन्जरहाबाट गएको प्रहरीले टोलीले ईशनाथ नगरपालिका १ स्थित गएराति संका लागेर उनीहरूले प्रयोग गरेको प्र३०१–०२३च ५३८५ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त नगद सहित दुवैजना लाई पक्राउ गरिएको हो।
कारमा पछाडि सवार देवराज थिङ्मले बोकेको कालो रंगको झोला भित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको नेपाली १००० दरको नाट थान ८५० र ५०० दरको ३०० थान जम्मा जम्मा १० लाख रुपैयाँ सहित दुवैजना लाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।
उनीहरूलाई बरामद नगद र कार सहित आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको डिएसपी गिरीले जानकारी दिएकी छन्।
















जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
प्रतिक्रिया