पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी सकियो

अन्नपूर्ण (कास्की) । पोखरामा यही फागुन १९ गतेदेखि सुरु भएको ‘गण्डकी प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सकिएको छ । पोखरा नयाँबजारमा रहेको पोखरा आर्ट ग्यालरीको प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा प्रदर्शनी भएको थियो । सिर्जनशील कलाकार समूहसँगको सहकार्यमा सुरु भएको यो प्रदर्शनी पाँच दिनसम्म सञ्चालन भएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका कला, भाषा, साहित्य, संस्कार र संस्कृतिको पक्षमा सकारात्मक रहेको बताए । “मैले पदभार ग्रहण गरेको २० महिना भयो । अहिलेसम्म एकजना पनि प्रस्ताव लिएर आउनुभएको छैन्”, उनले भने, “प्रस्ताव लिएर आउनुस् मिलेर काम गरौँ ।” महानगरको स्थापना दिवसका अवसरमा पृथ्वीचोकमा कोसेलीघरको शिलान्यास गरिने र यसमा पुस्तकालय र आर्ट ग्यालरी राखिनेसमेत उनले जानकारी दिए ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हर्तम्छालीले ‘सामाजिक रुपान्तरण ः ललितकलाको अभियान’ भन्ने नाराका साथ कार्यक्रम गरिएको बताए । प्रतिष्ठानको काम व्यवस्थित गर्ने र प्रभावकारी बनाउने हेतुले थुप्रै योजना अगाडि सारेको कुलपति हर्तम्छालीले बताए ।
सोही कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठले प्रदर्शनीले कलाको गुणस्तर वृद्धि भएको बताए । यसले जीवनसँग जोडिएका कलालाई समयको दस्तावेजका रूपमा राख्न सक्नुपर्नेमा उनको जोड थियो । पोखरा महानगरपालिकाले मायाको चिनो र कोसेलीका रूपमा कलाकारको तस्वीर तथा कलाकृति दिन साहित्यकार श्रेष्ठले सुझाव दिए ।
प्रदर्शनीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका कलाकारका ७४ वटा कला प्रदर्शनमा राखिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । प्रादेशिक प्रदर्शनीमा सामेल भएकामध्ये ३५ कलाकृति काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीका लागि छनोट भएका छन् ।
राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट बन्नेलाई रु एक लाख नगद र विधागत उत्कृष्ट बन्नेलाई रु ६० हजार नगद पुरस्कार रहेको छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा सातै प्रदेशबाट छानिएका ललितकलाका बीचमा प्रतिस्पर्धा हुनेछ ।
















रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया