शुक्रबार, वैशाख ४, २०८३

नयाँ सरकारलाई काँध फेर्ने छुट छैन : एमाले

मेरोन्यूज २०८० फागुन २४ गते १२:४८

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई असफल हुने छुट नभएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सचेतक बर्तौलाले यस्तो बताएका हुन् ।

‘यो सरकारलाई लुलो हुने छुट छैन, यो सरकारलाई कमजोर हुने, असफल हुने छुट छैन । यो सरकारले समग्र देशको हितको पक्षमा काम गर्ने सामर्थ्य राख्नुपर्छ’ उनले भने, ‘हिड्दाहिँड्दै काँध गल्यो भने पनि कााँध फेर्ने छुट यो सरकारलाई छैन । हिड्दाहिँड्दै आफ्नै भारीले थिचिने वातावरण बनाउने अवस्था छैन ।’

एमालेसहितको सहभागितामा नयाँ सरकार बनेपछि एमााले सत्तापक्षको आसनमा पुगेको भन्दै उनले आसन परिवर्तन भए पनि देशप्रतिको जवाफदेहिता र जनताप्रतिको कर्तव्य परिवर्तन नभएको बताए ।

प्रतिक्रिया