बिहीबार, फागुन ७, २०८२

डडेल्धुरामा सुन चोरेका अभियुक्त रौतहटबाट पक्राउ

मेरोन्यूज २०८० फागुन २४ गते २१:२५

रौतहट । डडेल्धुरा जिल्लामा  सुन चोरीको घटनामा संलग्न रहेका दुई जना मानिस रौतहटबाट पक्राउ परेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

केही दिनअघि भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटबाट दुई जना लाई पक्राउ गरेको हो। रौतहटको चन्द्रपुर नगरपालिका ४ चनद्रनिगाहपुर स्थित बाटोमा हिँडिरहेको अवस्थामा  डडेलधुरामा सुन चोरी गरी वारदातपछि फरार रहेका दुवैजना लाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर रमाशंकर प्रसाद यादवको  कमाण्डमा खटिएको टोलिले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।

पक्राउ पर्नेमा रौतहट चन्द्रपुर ९ बस्ने भिम बहादुर विश्वकर्माको छोरा वर्ष ४० को सुरेन्द्र बिश्वकर्मा र  सप्तरी दुहबि नगरपालिका ४ बस्ने भैरव विश्वकर्माको छोरा वर्ष ४४ को शंकर बिश्वकर्मा रहेको प्रवक्ता गिरीले जानकारी दिएकी छन्।

पक्राउ परेका दुबैजना आरोपी लाई डडेलधुराबाट खटिआएका इन्स्पेक्टर कुसुम नायकको जिम्मा लगाई पठाइएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्।

इन्सपेक्टर नायकका अनुसार डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका ५ स्थित बिजय साह सोनारको सुन चाँदी पसलमा गत १४ गते राती ९ बजे २० ग्राम सुन चोरी भएको थियो। अनुसन्धानमा उक्त घटनामा शंकर विश्वकर्माको संलग्नता देखिएको थियो। घटनाबारे अर्का आरोपी सुरेन्द्र बिश्वकर्मालाई पूर्ण जानकारी रहेको थियो। तर उनले प्रहरीलाई असहयोग गरेको कारण दुबै जनालाई पक्राउ गरिएको इन्सपेक्टर नायकले जानकारी दिएका छन्। दुवै जनालाई डडेलधुरामा आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सैयौं किलोमिटर टाढा डडेलाधुराबाट मात्र २० ग्राम सुन चोरी भएको १० दिनभित्रै आरोपीलाई रौतहटबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया