मंगलबार, माघ १३, २०८२

महाशिवरात्रिमा पशुपतिमा भक्तजनको भीड (तस्बिरहरू)

मेरोन्यूज २०८० फागुन २५ गते ९:१४
काठमाडौं । हिन्दूहरुको ठूलो पर्व महाशिवरात्री आज भगवान शिवको पूजाआराधना गरेर मनाइँदै छ । आजको दिन हिन्दू धर्मालम्बीहरुले नदी–तलाउमा स्नान गरी पवित्र भई शिवरात्री मनाउने गर्छन् ।  

शिवजीलाई दूध, धतुरो तथा बेलपत्र चढाउने गरिन्छ । यस दिन व्रत बसेर रातभर जाग्राम रहेमा मनोकामना पूरा हुने विश्वास जनमानसमा छ । 

शिवरात्रिका लागि देश तथा विदेशबाट पशुपतिमा साधु तथा सन्तहरु केही दिन अगाडिदेखि आइसकेका छन् ।

प्रतिक्रिया