ठेलामा बदाम बेचेर जीविकोपार्जन

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ खजुवाका टीकादत्त पाण्डेयलाई झलारी बजारको सडक छेउ ठेलामा बदाम बेच्दै आएको एक दशक बित्नै लागेको छ । बदाम बेचेर आएको रकमले पाण्डेय परिवारको जीविका चल्ने गरेको छ । बिहानै झिसमिसेमै पैदल हिँड्दै पाण्डेय खाना घरबाट बोक्दै झलारी बजार पुग्छन् । ठेलामा बदाम राखेर बेच्छन् ।
“सडक छेउमा बनाएको चुलोमा बदाम भुट्ने गर्छु”, उनले भने, “श्रीमतीले बदाम बिक्री गर्छिन् ।” दैनिक २० किलोदेखि ४० किलोसम्म बदाम बिक्री हुने गरेको उनको भनाइ छ । पाण्डेय दम्पतीले दैनिक रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी गर्दछन् ।
महँगो भएपछि बदाम बिक्री घटेको पाण्डेय दम्पतीको भनाइ छ । प्रतिकिलो रु दुई सयका दरले खरिद गरेको बदाम रु तीन सयका दरले बिक्री हुने गरेको छ । हिउँदमा बदाम बढी बिक्री हुने गरेको छ ।
यस व्यवसायबाट कमाएको रकमले पाण्डेय दम्पतीले घरखर्च चलाउने गरेका छन् । “ठेलाकै कमाईले घर बनाएँ, परिवारवारको खर्च धानेको छु”, उनले भने, “अरुसँग हात थाप्नुपरेको छैन, पौरख गरेर जीविका चलाउँदै आएका छौँ ।”
विसं २०६८ मा सहकारी संस्थाबाट रु २० हजार कर्जा लिएर पाण्डेयले ठेला व्यवसाय सुरु गरेका हुन् । व्यवसाय सञ्चालन गरेको एक वर्षमै सहकारीबाट लिएको कर्जा तिरेर उनले नाफा भएको रकम लगानी गरी व्यवसायलाई निरन्तरता दिएका छन् । हिउँद सकिएपछि पाण्डेय दम्पतीले ठेलामा फलफूल बेच्ने गर्छन् ।
फलफूलका धेरै पसल भएकाले प्रतिस्पर्धा बढी हुने गरेको पाण्डेय दम्पतीको भनाइ छ । “थोरै लगानी गरेर सञ्चालन गरेको व्यवसायबाट पनि जीविका चलाउन सकिने रहेछ”, पाण्डेय दम्पती भन्छन् । नगरपालिकाले व्यवसाय गर्ने ठाउँ किटान गरिदनुपर्ने उनीहरुको माग छ । पछिल्लो समय झलारी बजार क्षेत्रमा ठेलामा व्यवसाय गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

















अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री
4 dead in crashes involving over 30 vehicles in ‘brown out’ conditions on Colorado interstate
२२ करोड पैतालिस लाख राजस्व सङ्कलन
Vice President Yadav’s best wishes on Gyalpo Lhosar
Foreign Minister Sharma calls on Bangladeshi PM Rahman
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया