३ सय २० विपन्न परिवारलाई खाद्यान्न वितरण

बाँके । मुस्लिमको महान् पर्व रमजान पर्वलाई ध्यानमा राखेर मुस्लिम समुदायका अतिविपन्न तीन सय २० परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।
कतार च्यारिटी नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले आज यहाँ आयोजना गरिएको एक समारोहबीच बाँकेका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको हो । लुम्बिनी प्रदेशका पूर्वसहरी विकास मन्त्री कृष्णा केसी, कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर मेतेब सईद अल्मर्री र कतार च्यारिटी नेपालका कन्ट्री डायरेक्टर मोहम्मद वकासले संयुक्त रुपमा खाद्यान्न वितरण गरे ।
लुम्बिनी प्रदेशका पूर्वसहरी विकासमन्त्री केसीले अतिविपन्न परिवारको छनोट गरी रमजान पर्वका लागि खाद्यान्न वितरण गरिनु निकै सराहनीय काम भएको भन्दै यसबाट चाडपर्व मनाउन सहज हुने बताए ।
कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर मेतेब साइद अल्मर्रीले खाद्यान्न वितरण गर्न पाउँदा खुसी लागेको जनाउँदै यसले रोजा बस्न र रमजान पर्व मनाउन सहयोग गरेको बताए ।
सो अवसरमा हरेक परिवारलाई रु चार हजार दुई सय ३८ बराबरका २५ किलो चामल, पाँच किलो पिठो, पाँच लिटर खाने तेल, तीन केजी चना, दुई केजी चिनी, एक प्याकेट नुन र एक किलो सेवई वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताए ।

















निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकप: पाकिस्तानलाई हराउँदै समूह ‘ए’बाट भारत सुपर आठमा
प्रतिक्रिया