जनयुद्धसम्बन्धी विवादमा प्रधानमन्त्रीविरुद्ध दायर भएको रिटमा सुनवाइ हुँदै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाईका लागि पेशी तोकिएको छ ।
अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले प्रचण्डविरुद्ध दायर गरेको रिटमा आइतबार पेशी तोकिएको हो ।
न्यायाधीशद्धय कुमार रेग्मी र विनोद शर्माकोमा पेशी तोकिएको छ । यो दोस्रो सुनुवाई हो ।
यसअघि न्यायाधीश न्यायाधीश ईश्वर खतिवडाको इजलासले अन्तरिम आदेशको छलफलमा बोलाएको थियो । २०७९ फागुन २६ गते अग्राधिकार र कारण देखाउ आदेश जारी गरेको थियो ।
अधिवक्ता आरण र बुढाथोकीले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।
२०७६ माघ १ गते माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा भएका मानिसहरूको हत्यामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका थिए। उक्त विषयमा प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै उनीहरूले रिट दर्ता गराएका थिए।
शुरुमा उक्त रिट दर्ता नगर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । दरपिठ विरुद्ध उनीहरुले इजलासमा निवेदन दिएका थिए । उक्त निवेदनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले प्रचण्ड विरूद्ध उनीहरूले दिएका रिट दर्ता गर्न आदेश गरेको थियो।
सर्वोच्च प्रशासनले उक्त रिट दरपिठ गरेपछि त्यसविरूद्ध निवेदन दिएका थिए। सोही निवेदनमा उक्त इजलासले सुनुवाई गर्दै दरपिठ गर्ने निर्णय बदर गरी रिट दर्ता गर्न भनेको थियो। त्यसपछि आरण र बुढाथोकीको रिट दर्ता भएर सुनुवाईमा गएको थियो ।

















अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री
4 dead in crashes involving over 30 vehicles in ‘brown out’ conditions on Colorado interstate
२२ करोड पैतालिस लाख राजस्व सङ्कलन
Vice President Yadav’s best wishes on Gyalpo Lhosar
Foreign Minister Sharma calls on Bangladeshi PM Rahman
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया