बुढासुब्बा गोल्डकप : एनआरटी सेमिफाइनलमा
मेरोन्यूज
२०८० फागुन २७ गते २०:५२

धरान । धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको आज दोस्रो दिनको खेलमा काठमाडौँको न्युरोड टिम (एनआरटी) ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेको छ ।
जितसँगै एनआरटीले सेमिफाइनलको यात्रा तय गरेको छ । आज धरान रङशालामा भएको दोस्रो क्वाटरफाइनल खेलको चौथो मिनेटमा त्रिभुवन आर्मीका खेलाडी मानबहादुर आलेमगरले गोल गरेपछि खेला रोमाञ्चक बनेको थियो ।
त्यसपछि खेलको १४औँ मिनेटमा एनआरटीका खेलाडी शिशिर लेखीले पहिलो गोल गरेका थिए । एनआरटीकै अफिज ओलावालेले ६०औँ मिनेटमा गोल गरेर जित सुनिश्चित गरेका थिए ।
आजको खेलको ‘प्येयर अफ द म्याच’ एनआरटीका शिशिर लेखी घोषित हुँदै रु १० हजार पुरस्कार पाए । सोमबारको तेस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र मोरङ फुटबल सङ्घबीच हुने आयोजकले जनाएको छ ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया