बिहीबार, पुष १७, २०८२

धनगढीमा छिमेकीको कुटपिटबाट एक जनाको मृत्यु, पाँच जना पक्राउ

मेरोन्यूज २०८० फागुन २८ गते १५:२७

धनगढी। धनगढीमा एक जना युवकको कुटपिटबाट मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार राना राति स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

रानाको हत्या अभियोगमा मीनबहादुर चौधरी दम्पतीसहितका पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मीनबहादुरकी श्रीमती २९ बर्सिया पुनम चौधरी, छोरी र अन्य दुई जना रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया