होटलमा अचेत अवस्थामा भेटिएकी युवतीको उपचार क्रममा मृत्यु, सँगै बसेका युवक फरार
मेरोन्यूज
२०८० फागुन २९ गते १३:२७

जनकपुरधाम । जनकपुरधामस्थित एक होटलमा बेहोस अवस्थामा भेटिएकी युवतीको मृत्यु भएको छ।
सिटी स्टार फेमली होटलमा बेहोस भेटिएकी पोखराको मियाँ टोल बस्ने २७ वर्षीया खुसबु सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार खुसबु मंगलबार बिहान होटलमा अचेत अवस्थामा भेटिएकी थिइन् । उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियाे ।
मृतक युवतीको शव पोस्टमर्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
प्रहरीका अनुसार ती युवतीसँगै एक जना युवक पनि होटलमा आएको थिए । घटनापछि युवक फरार भएका छन् । फरार युवकको खोजीसँगै घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया