लागूऔषध गाँजासहित २ जना पक्राउ
मेरोन्यूज
२०८० फागुन २९ गते १७:५५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित गुम्बाटोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोसहित बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने १९ वर्षीय साबिर अंसारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले रोकी राखेको बीआर ०१ बीएफ ५५८१ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको पछाडी डिक्कि र सिटको भागमा फल्स बटम बनाई लुकाई राखेको उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
उता पर्साकाे वीरगंज महानगरपालिका-९ स्थित बस स्टेसनबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ५ ग्रामसहित सखुवा प्रसौनि गाउँपालिका-८ जमुनिय बस्ने ५५ वर्षीय ध्रुव ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
सम्बन्धित













दाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द
उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया