रारामा कर्णाली प्रदेशस्तरीय कबड्डी प्रतियोगिता हुने

मुगु । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा अवस्थित नेपालकै ठूलो तथा गहिरो ताल राराताल रहेको क्षेत्रमा प्रदेशस्तरीय कबड्डी प्रतियोगितमको आयोजना गरिने भएको छ ।
खेलकुदका माध्यमबाट राराको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा सघाउ पुगोस् भन्ने उद्देश्यले पहिलोपटक पर्यटकीयस्थल रारामा कबड्डी खेलको आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले बताए।
आगामी वैशाखको दोस्रो हप्ता कर्णाली प्रदेशका १० वटै जिल्लाका कबड्डी खेलाडीको सहभागितामा उक्त खेलको आयोजना हुने बताइएको छ ।
आवश्यक पूर्वाधार अभावका कारण प्रायः खेल गतिविधि न्यून हुँदा विभिन्न खेल विधाका खेलाडी खेल खेल्नबाट वञ्चित रहँदै आएका छन् । जिल्ला सदरमुकाममा हालसम्म पनि कुनै पनि किसिमका उपयुक्त खेल मैदान, कभर्डहल नहुँदा मुगुका खेलाडी खेल खेल्ने अधिकारबाट वञ्चित हुँदै आएका छन् ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया