छात्रालाई दुर्व्यवहार गरेको आराेपमा होस्टल सञ्चालक पक्राउ

बिराटनगर । होस्टलमा बस्ने विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा मुनलाइट गल्स होस्टल सञ्चालक मधु रेग्मी पक्राउ परेकी छन् ।
मोरङको विराटनगर महानगरपालिका ८ मा रहेको सो होस्टलमा बस्दै आएकी एक छात्रालाई राति नै होस्टल छाड्न भन्दै लछारपछार गरेको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल छ ।
रेग्मीका बिरुद्धमा जाहेरी भने दर्ता भएको छैन् तर उनलाई तत्काल नियन्त्रणमा लिएर कार्वाही गर्नुपर्ने चौतर्फी दवाव बढेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक रञ्जन कुमार दाहाले जानकारी दिए ।
जाहेरी दर्ता भएपछि मुद्धाको प्रकृतिअनुसार कारबाही अगाडि बढाउने तयारीमा रहेको दाहालले बताएका छन् । विराटनगरमा पुरानो राजनैतिक बिरासत रहेको रेग्मी परिवारले नर्सिङ कलेजकै नजिकका मानिससँगको लाभांश साझेदारीमा होस्टल चलाउने गरेको आशंका छ ।
यस घटनामा विभिन्न विद्यार्थी संगठनले चासो दिएका छन् भने विराटनगर नर्सिङ क्याम्पस इकाई समितिले निन्दा गर्दै कडा कारबाहीको माग गरेर विज्ञप्ति निकालेको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया